Online Nepal बुधबार, बैशाख २६ २०८१

सहकारी पीडितहरूले आज भृकुटीमण्डपमा प्रदर्शन गर्ने

सहकारी पीडितहरूले आज भृकुटीमण्डपमा प्रदर्शन गर्ने


मध्यान्तर
  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ । देशभरबाट काठमाडौँ आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।

    पीडितहरूले आजको प्रदर्शनका लागि कालीमाटी, गोङ्गबु नयाँ बसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्‍याली निकालेर पाँचै टोली सुनधारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरूले कोणसभा गर्ने कार्यक्रम छ ।

    काठमाडौँ उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार