Online Nepal शनिबार, बैशाख १५ २०८१

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

    बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो।

    उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो।

    संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

    गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्लाएक्लै भएको यो पहिलो भेट हो।

    प्रतिक्रिया
    थप समाचार