Online Nepal शनिबार, बैशाख १५ २०८१

सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन

सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

    चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । चैत १४ मा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ, पत्रमा भनिएको छ ।

    प्रतिक्रिया
    थप समाचार