Online Nepal शनिबार, बैशाख १५ २०८१
समाचार

नायक भट्टराईले उचाले विराटनगरमा अवार्ड, विशेष सम्मानबाट गायक सिताराम पोखरेल सम्मानित

नायक भट्टराईले उचाले विराटनगरमा अवार्ड, विशेष सम्मानबाट गायक सिताराम पोखरेल सम्मानित

म्यूजिक अवार्ड


मध्यान्ह
  • आइतबार, असोज २१ २०७५

  • काठमाण्डौ ( आधुनिक सुगम संगीत उत्कृष्ट मोडलको अवार्ड नायक श्रीदेव भट्टराईले चुमेका छन् । लामो समय देखी नेपाली कलाकारीता क्षेत्रमा सक्रिय भट्टराईले कोईलकिो जस्तो बोलको गतिमा अवार्ड प्राप्त गरेका छन् । विराट नगरमा सम्पन्न भएको सातौ म्युजिक खबर अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम सङ्गीतको अवार्ड चुम्न सफल भएका छन् । शिव परियारले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट गायिकामा सुगम सङ्गीतबाट प्राश्ना शाक्यले ‘कैदी बनाउ’ बोलको गीतबाट अवार्ड चुमेकी छन् । सुगम संगीत तर्फ उत्कृष्ट म्युजिक भिडियो सम्पादनमा विरेन्द्र भाट विपिन ले अवार्ड प्राप्त गरेका छन् ।

    कार्यक्रममा बरिष्ट गायक तथा सङ्गीतकार सम्भूजित बासकोटालाई ‘विराट सङगीतरत्न’द्वारा अभिनन्दन गरिएको थियो । त्यस्तै, म्युजिक दीर्घ साधना सम्मान रानुदेवी अधिकारी, म्युजिक खबर दशकको स्रष्टा सम्मान तुलसी पराजुली र माण्डवी त्रिपाठी, म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान प्रेम सापकोटा सोनु, म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान मल्लिका कार्की, म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार गीता अधिकारी, म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान याङ्शु श्रेष्ठलाई प्रदान गरिएको छ ।

    त्यसैगरी म्युजिक खबर प्रदेश नं १ विशेष सम्मानबाट नेपाली सांगीतिक क्षेत्रमा ३ दशक भन्दा वढि समय देखी सक्रिय गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिएको छ ।‘हामी युवा’ को संयोजकत्वामा सम्पन्न भएको कार्यक्रमलाइ सञ्चारकर्मी निराजन भण्डारी र सञ्चारकर्मी तथा गायिका मन्जु पौडेलले सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार