Online Nepal सोमबार, बैशाख १७ २०८१

सगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

सगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

म्यूजिक अवार्ड


कमला जोशी
  • मंगलबार, मंसिर ४ २०७५

  • काठमाण्डौ “नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ त्यस्तै कला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडयाको आयोजनामा मैसीर ३ गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगर माथाको नामबाट सुरुवात भएको अवार्डले नेपालको कला र संस्कृतीको सम्वद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
    नेपाली पत्रकारीता जगतमा रंग पत्रकारीता गरिहेका सात जना पत्रकारहरुलाई सम्मानित गरिएको छ भने कुल ४४ वटा विधामा प्रतिस्पर्धामा आएका कलाकर्मीहरु अवार्डेड भएका थिए ।

    अवार्ड कार्यक्रममा राष्ट्रिय भाव तर्फ ः गायक शिव परियार,गायिका अन्जु पन्त, गीतकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र तर्फ गायक डेविट शंकर, गायिका मिना निरौला, गीतकार लोकराज अधिकारी, संगीतकार अर्जुन पोखरेल, लोक दोहोरी तर्फ ः गायक मौसम गुरुङ, गायिका श्रीदेवी देवकोटा, शब्द राम चन्द्र ढकाल, लय ओम छिनेल मोडल पुरुष दुर्गेश थापा, मोडल महिला मञ्जिता केसी, लोकदोहोरी भिडियो तर्फ ः छायांकार रोजेश घिमिरे, सम्पादन नविन घर्तिमगर, निर्देशक रञ्जित कुमार क्षेत्री, उत्कृष्ट भिडियो सन्जय फ्राउन फेल्डर, आधुनिक ः गायक प्रमोद खरेल, गायिका मल्लिका कार्की, गीतकार माधव निर्दोष, संगीतकार रेखा पौडेल, संगीतकार शुरेन्द्र श्रेष्ठ, आधुनिक भिडियो तर्फ ः मोडल श्रदेव भट्टराई, मोडल सनम कठायत, मोडल शिल्पा पोखरेल, पपुलर अवार्ड दृश्य सुवेदी, छायांकार मुकेश हुमागाइ, सम्पादन माधव वेल्वासे, निर्देशक माधव राज खरेल, निर्देशक सुव्रत राज आचार्य,पप तर्फ ः गायक रञ्जित लामा, गायिका एन्जिला रेग्मी, गीतकार अजय अधिकारी, संगीतकार करण राज कार्की, मोडल विकास लामिछाने, मोडल अनुशाह, निर्देशक आदित्य बुढाथोकी, सम्पादक प्रविण श्रेष्ठ, छायांकार मिलन थापा, पपुलर अवार्ड कन्हैया सिंह, मौलिक गीत ः गायक नविन पौडेल, गायिका भिमु गुरुङ, उत्कृष्ट गीत दिप गुरुङ लगायत कलाकारहरु अवार्डेड भएका थिए ।


    कार्यक्रमा पांच दशक लामो समय नेपालको सांगीतक ईतिहासलाई समर्पण गरेकी लोक गायिका चन्द्रकला शाहलाई लाईफटाईक अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारीलाई कला पत्रकारिताबाट सम्मानवाट सम्मानित गरिएको थियो । त्यस्तै रंगपत्रकार एव. चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार