Online Nepal सोमबार, बैशाख १७ २०८१

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ३५४ जना कोरोना संक्रमित


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र २१ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२/३२ जना गरी ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको डा. गौतमले बताए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

    गौतमले दिएको जानकारी अनुसार संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएको छ ।

    प्रतिक्रिया
    थप समाचार