Online Nepal शनिबार, बैशाख १५ २०८१

प्रभु बैंक र डक्टर्स एशोसियशनबीच बैकिङ सम्झौता

प्रभु बैंक र डक्टर्स एशोसियशनबीच बैकिङ सम्झौता


मध्यान्तर
  • बिहिबार, भाद्र २५ २०७७

  • काठमाडौं।  प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशन (गोडान) बिच बैंकिङ्ग कारोबार गर्ने सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एशोसियसनअध्यक्ष डा. रबिन खड्काले हस्ताक्षर गरेका छन्।

     सम्झौता अनुसार प्रभु बैंक अब गोडानको आधिकारिक बैंकको रुपमा रहने भएको  छ। सरकारी डक्टर्स एशोसियसनले आफ्नो सम्पूर्ण बैैैकिङ कारोबार प्रभु बैंकमा गर्ने छ। गोडानको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट विना झण्झट विभिन्न खाता खोली बैंकिङ कारोबार  गर्न सक्नेछन्।

    खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क पाउनेछन् । यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्। यो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ।

    प्रतिक्रिया
    थप समाचार