Online Nepal बिहिबार, बैशाख २७ २०८१

देशभर पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, निको भइ डिस्चार्ज हुनेको संख्या १८९३ जना

देशभर पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, निको भइ डिस्चार्ज हुनेको संख्या १८९३ जना


मध्यान्तर संवाददाता
  • बुधबार, असोज ७ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । जसअनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०७ पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ डा. गौतमले जानकारी दिए ।

    अहिले देशभर १७ हजार ४१४ जना संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा हुनेको संख्या ८ हजार २२८ पुगेको छ । अहिले क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन् ।

    त्यस्तै डा. गौतमले बुधबार सात जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको बताए । उनकाअनुसार योसँगै देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार