Online Nepal बिहिबार, बैशाख २७ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमण, हालसम्म संक्रमितको संख्या करिब ७० हजार 

देशैभर पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमण, हालसम्म संक्रमितको संख्या करिब ७० हजार 


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज ८ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । विहिबार देशैभर थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोना जितेर ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए । मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार