Online Nepal शनिबार, बैशाख १५ २०८१

कोरोना रिपोर्ट स्वाव दिने व्यक्तिलाई सिधै जानकारी दिन मन्त्रालयको निर्देशन

कोरोना रिपोर्ट स्वाव दिने व्यक्तिलाई सिधै जानकारी दिन मन्त्रालयको निर्देशन


मध्यान्तर संवाददाता
  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना परिक्षणको रिपोर्ट स्वयम स्वाव दिने व्यक्तिलेनै सिधा जानकारी पाउने व्यवस्था मिलाउन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई नै सिधै जानकारी दिन सरकारी तथा निजी प्रयोगशालालाई निर्देशन दिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए ।

    पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको डा. गौतमले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार