Online Nepal शनिबार, बैशाख १५ २०८१

उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६४९ जना संक्रमित

उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६४९ जना संक्रमित


मध्यान्तर संवाददाता
  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

    डा. गौतमले सार्वजनिक गरेको विवरण अनुसार देशैभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।

    त्यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

    मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार