Online Nepal शनिबार, बैशाख १५ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १५१३ कोरोना संक्रमीत थपिए

देशैभर पछिल्लो २४ घण्टामा १५१३ कोरोना संक्रमीत थपिए


मध्यान्तर संवाददाता
  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५१३ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १०  हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर ६७७८ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।  यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार