Online Nepal शनिबार, बैशाख १५ २०८१

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ७४७ जना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ७४७ जना संक्रमित


मध्यान्तर संवाददाता
  • मंगलबार, असोज १३ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत उपत्यकाका तीन जिल्लामा थप ९ सय ३४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप एक हजार ५१३ संक्रमित फेला परेका छन् । डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १०  हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर  हजार  जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।  यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार