Online Nepal शनिबार, बैशाख १५ २०८१

डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघद्वारा कठोर कदम चाल्ने चेतावनी

डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघद्वारा कठोर कदम चाल्ने चेतावनी


मध्यान्तर
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनसन र मागका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै जस्तोसुकै कठोर कदम चाल्न सक्ने चेतावनी दिएको छ । संघले वार्ताद्वारा त्तकाल समस्या समाधान नगरे जुनसुकै समयमा पनि कठोर कदम चाल्न सक्ने र त्यसले गम्भीर अवस्था सिर्जना हुनसक्ने चेतावनी दिएको हो ।

    संघले आज एक विज्ञप्ति जारी गर्दै डा केसीको जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भीर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेका जानकारी दिएको छ । संघले सरकारलाई डा केसीसँग तत्कालै वार्ता गरी समाधान निकाल्न माग गरेको छ ।

    ‘संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘७६ हजारभन्दा बढी कोरोना संक्रमित भइरहेको अवस्थामा डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति हुनसक्ने कार्यक्रमहरुलाई मध्यनजर गर्दै सरकारले यथासिघ्र वार्ता टोली गठन गरि सौहार्दपूर्ण वातावरणमा समस्यो समाधान गर्न अपरिहार्य भएको संघको ठहर छ ।’

     

     

    प्रतिक्रिया
    थप समाचार