Online Nepal शनिबार, बैशाख १५ २०८१

बुधबार देशैभर १५५९ जना कोरोना संक्रमित थपिए, १०५७ जना निको भए

बुधबार देशैभर १५५९ जना कोरोना संक्रमित थपिए, १०५७ जना निको भए


मध्यान्तर संवाददाता
  • बुधबार, असोज १४ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फ उल्लेखित संख्यामा कोरोना सैक्रमण्म पुष्टि भएको जानकारी दिएका हुन् ।

    डा. गौतमले आज सार्वजनिक गरेको विवरण अनुसार हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ७७ हजार ८१७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । योसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले उल्लेख गरेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन् भने हालसम्म कुल ४९८ जनाको मृत्यु भइसकेको मनत्रालयले जनाएको छ ।  देशभरका प्रयोगशालामा २४ घण्टाभित्र १२ हजार २०५ नमुना परीक्षण गरिएको डा. गौतमले बताए ।

    प्रतिक्रिया
    थप समाचार