Online Nepal आइतबार, बैशाख २३ २०८१

राजनीति द्वन्द हुँदा उक्त संस्था अन्ततः एनआरएनए विभाजित

राजनीति द्वन्द हुँदा उक्त संस्था अन्ततः एनआरएनए विभाजित


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २७ २०७८

  • काठमाडौं । प्रवासमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) पार्टीगत द्वन्दका कारण  विभाजन आएको छ । बिसुद्व सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।

     चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।

    पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री केसी चुनावी मैदानमा छन् भने उनलाई एमालेको समर्थन रहेको छ । यस्तै आचार्य काँग्रेस निकट हुन् । आचार्यलाई नेपालको सत्ता गठबन्धनमा रहेका दल निकट एनआरएनए अभियन्ताहरुको पनि साथ रहेको छ ।

    सत्ताकै आडमा चुनावी गतिविधिमा आचार्यले अवरोध पुर्याएको आरोप संस्थापन पक्षले लगाउँदै आएको छ भने सोही कारण अक्टोबरमै हुनुपर्ने चुनाव हालसम्म पनि हुन नसकेको छैन  । यही बीचमा संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेको छ भने त्यसका लागि शुक्रबार साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको थियो । तोकिएको समयमा उम्मेदवारी दिनेमा अधिकांश पन्त समूहका उम्मेदवार रहेका छन् भने आचार्य समूहले बहिष्कार गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार