Online Nepal मंगलबार, बैशाख २५ २०८१

पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन


मध्यान्तर
  • शनिबार, जेष्ठ २८ २०७९

  • काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबार मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन्।

    संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा संयुक्त को सांसद रहेको बेला देउवा नेतृत्वको सरकारमा उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

    २०२२ साल चैत ७ गते धनुषा जिल्लाको जनकपुर न.पा.–८ जन्म भए पनि उनी सप्तरी जिल्लाको राजविराज न.पा–८ की स्थायी बासोबास गर्दै आएकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

     

    प्रतिक्रिया
    थप समाचार