Online Nepal मंगलबार, बैशाख २५ २०८१

हुम्लाको पिप्लाङ गाउँमा भएको आगलागीमा एक करोड एकासी लाखभन्दा बढी क्षति

हुम्लाको पिप्लाङ गाउँमा भएको आगलागीमा एक करोड एकासी लाखभन्दा बढी क्षति


मध्यान्तर
  • शनिबार, जेष्ठ २८ २०७९

  • काठमाडौं ।  हुम्लाको चंखेली गाउँपालिका– ४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एकासी लाखभन्दा बढी क्षति भएको छ।

    शनिबार बिहान साढे एक बजे लागेको आगोबाट दुई घर पूर्ण रूपमा जलेको, एक घरमा आंशिक क्षति पुगेको हो। आगलागीमा दुई पशु जलेका थिए।
    घटनापछि प्रहरीले उठाएको मुचुल्का अनुसार पिप्लाङ आगलागीबाट एक करोड ८१ लाख ७५ हजार रुपौयाँ बराबरको क्षति भएको पुष्टी भएको हो।

    आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएको, एक घरमा आंशिक क्षति पुगेको र दुई वटा गोठमा हुलेका पशु जलेर मरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार स्थानीय कर्णबहादुर शाहीको घरबाट सोलारको विद्युत सर्ट भएर आगलागी सुरू भएको र उक्त आगलागीबाट अन्य दुई घरमा पनि सल्किएको थियो।

    शाहीको पाँच कोठे घर, लत्ताकपडा, भाँडावर्तन, अन्नपातलगाएत घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने गोरबहादुर शाहीको घरपनि जलेर नष्ट भएको छ।

    कर्णबहादुर शाहीको २८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने जयबहादुर शाहीको एकएक गोरु र खच्चड पनि जेलेर मरेका छन्।

    जयबहादुर शाहीको घरमा छोराल केही दिन अगाडि विदेशबाट पठाएको ११ लाख नगद, २९ तोला सुन, केही चाँदी पनि जरेर नष्ट भएको पीडित पक्षले प्रहरी मुचुल्कामा उल्लेख गरेका छन्।

    उनको एक करोड पचास लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी अर्का स्थानीय शेरबहादुर पालको घर आगलागीबाट आंशिक क्षति पुगेको छ।

    आगालागीबाट पालको तीन लाख बराबरको क्षति भएको छ।मध्यराती आगलागी भएको भएपनि मानवीय क्षति भने भएको छैन्। आगालागी पीडितहरू घरवारविहीन भएका छन्।

     

    प्रतिक्रिया
    थप समाचार