Online Nepal आइतबार, बैशाख १६ २०८१

कोषानद्धारा आँधीहुरी पीडितलाई ५१ हजार सहयोग

कोषानद्धारा आँधीहुरी पीडितलाई ५१ हजार सहयोग


मध्यान्तर
  • शुक्रबार, चैत्र २९ २०७५

  • काठमाडौं । कुरियर व्यवसायीहरूको छाता सगंठन नेपाल कुरियर सेवा सघं (कोषान) ले तराईका हावाहुरी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।  ५१ हजार राशी बराबरको चेक कोषानले आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान समारोहमा नेपाल उद्योग वाणिज्य सघंका वस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । विपत्तिमा परेका देशका नागरिकको सहयोगार्थमा सम्पूर्ण व्यवसायी सघंले एक्यवद्धता जनाउन आग्रह गर्दै आर्थिक सहयोग तीव्र बनाउनु पर्ने श्रेष्ठले बताएका छन् । उनले हालै तराई क्षेत्रको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई सान्त्वना दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

    कोषान अध्यक्ष गोविन्द ढुङगेलले कुरियर सेवालाई छिटो, छरितो र विश्वासिलो बनाउन सघंले विभिन्न क्रियाकलाप लक्षित समय भित्र सम्पन्न भइरहेको बताए । उनले भने– ‘वाणिज्य सरलीकरणका साथै व्यावसायिक हकहितका लागि नव निर्वाचित कार्यसमितिले कार्य भार सम्हालेको एक सय दिन भित्र त्रिभुवन विमान स्थलमा कुरियरका पार्सल तथा ब्यागेज छिटो जांचपासका लागि कुरियर डेस्क स्थापना गर्न कोषान सफल भएको छ ।’ कुरियर कम्पनीका कर्मचारीहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना भएको जानकारी गराइएको थियो ।

    कार्यक्रममा कुरियर व्यवसायीबाट नवीन प्रविधि प्रयोग मार्फत वाणिज्य सरलीकरणमा पुर्याएको योगदानका विषयमा उवामहासघंका पदाधिकारीहरूले जानकारी दिएका थिए । कोषानका कोषाध्यक्ष राजकुमार सामरीले सघंले सङ्कलन गर्न सदस्यता शुल्क, एअर वे बिलबाट प्राप्त हुने सेवा शुल्क त्यस्तै निर्यात कार्गोका लागि चेम्बर अफ कर्मश मार्फत उत्पत्तिको प्रमाण पत्र उपलब्ध गराउँदा सङ्कलन हुने शुल्कले समेत सघं सञ्चालनमा सहयोग पुगेको बताएका थिए । आगामी दिनमा सबै कुरियर व्यवसायीका भौतिक सम्पत्तिलाई बिमाको दायरामा ल्याइने जानकारी गराइएको थियो ।

    प्रतिक्रिया
    थप समाचार