Online Nepal आइतबार, बैशाख २३ २०८१

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


मध्यान्तर
  • मंगलबार, साउन २४ २०७९

  • फाइल तस्बिर

    हिजो स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।

    सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आज एकै दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    थप समाचार