Online Nepal सोमबार, बैशाख १७ २०८१

बिनाशकारी भुकम्पबाट ध्वस्त भएकामध्य झण्डै ४५ सय विद्यालय पुनर्निर्माण सम्पन्न

बिनाशकारी भुकम्पबाट ध्वस्त भएकामध्य झण्डै ४५ सय विद्यालय पुनर्निर्माण सम्पन्न


मध्यान्तर
  • मंगलबार, बैशाख १० २०७६

  •  

    काठमाडौं । २०७२ सालमा गएको बिनाशकारी भूकम्पबाट ३२ जिल्लामा ध्वस्त भएका ७ हजार ९ सय २३ विद्यालयमध्ये चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार सात सय ७२ विद्यालय निर्माणाधीन छन् भने तीन सय ९८ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन्  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार १२ वैशाख ०७२ को भूकम्पबाट ७ हजार ९ सय २३ विद्यालयका २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका थिए भने १२ हजार पाँच सय २२ कक्षाकोठा क्षतिग्रस्त भएका थिए ।

    केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना निर्देशक इमनारायण श्रेष्ठले अहिलेसम्म निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणका लागि छनोट भएका गरी ६ हजार ६ सय ४६ विद्यालय बन्ने सुनिश्चितता भइसकेको बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत अहिलेसम्म सबैभन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् । समितिमार्फत अहिलेसम्म तीन हजार पाँच सय ८३ विद्यालयको पुनर्निर्माण गरिसकेको छ भने एक हजार दुई सय २२ विद्यालय बन्दैछन् भने निर्माण व्यवसायीमार्फत एक सय ३५ विद्यालय पुनर्निर्माण भइसकेका छन् । सोमबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले गरेको कार्यक्रममा निर्देशक श्रेष्ठले भूकम्प गएको एक वर्षपछि पुनर्निर्माणको काम सुरु भएको हिसाबले काम राम्रो भएको बताए ।

    भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणका लागि एक खर्ब १९ अर्ब लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रक्षेपण गरेको थियो । अहिलेसम्म ६ हजार ६ सय ४६ विद्यालयका लागि ९० अर्ब बजेटको स्रोत पहिचान भइसकेको छ । मर्ज भएका र बनाउन नपर्ने संख्या घटाउँदा अब भूकम्प प्रभावित जिल्लाका करिब १५ सय विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । त्यसका लागि ३० अर्ब बजेट जुटाउनुपर्ने आवश्यकता देखिएको निर्देशक श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    थप समाचार