Online Nepal शनिबार, बैशाख १५ २०८१

१० दिनभित्र बहाल कर तिर्न सेना र प्रहरीलाई काठमाडौं महानगरको पत्र

१० दिनभित्र बहाल कर तिर्न सेना र प्रहरीलाई काठमाडौं महानगरको पत्र


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलाई बाहाल कर तिर्नका लागि ताकेता गरेका छन् । मेयर बालेन शाहको निर्देशनमा महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र लेखेको हो ।

    महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले सम्बन्धित वडा कार्यालयहरुमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको जनाएका छन् ।

    बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ ।

    तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    थप समाचार