Online Nepal बिहिबार, बैशाख २० २०८१

एनसीसी बैंकद्वारा नगद ८५ करोड लाभांश बाँड्ने घोषणा

एनसीसी बैंकद्वारा नगद ८५ करोड लाभांश बाँड्ने घोषणा


मध्यान्तर
  • आइतबार, असोज ३० २०७९

  • नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले बोनस सेयर र नगद गरी १ अर्ब २२ करोड लाभांश बाँड्ने भएको छ ।

    शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बोनस र ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो बैंकको हाल कायम चुक्ता पुँजीको क्रमशः ३.३६६३ प्रतिशत र ७.६३३७ प्रतिशतको लाभांश वितरण हो । हाल बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ चुक्ता पुँजी कायम छ ।

    प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार