Online Nepal आइतबार, बैशाख २३ २०८१

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो महिलाविहीन

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो महिलाविहीन


मध्यान्तर
  • आइतबार, कार्तिक ६ २०७९

  • बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रूपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलोपटक पोलिटब्युरोमा महिला सदस्य नछानिएको जनाइएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।यसैबीच, राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि पनि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा चुनिएका छन् ।

    सीपीसीको २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

    यसैबीच, राष्ट्रपति सी चिनफिङ अर्को कार्यकालका लागि पनि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा चुनिएका छन् ।

    सीपीसीको २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार