Online Nepal शुक्रबार, बैशाख २१ २०८१

सन्दीप लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता ,१२ वर्षसम्म कैद सजाय माग

सन्दीप लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता ,१२ वर्षसम्म कैद सजाय माग


मध्यान्तर
  • सोमबार, कार्तिक १४ २०७९

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यलयका तर्फबाट न्यायधिवक्ता लक्षमण उपाध्यायले लामिछानेविरुद्ध नाबालिग बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेका हुन् ।

    सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ९२० को कसुरको अभियोग लगाइएको हो ।

    दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखी १२ वर्षसम्मको कैद माग गरिएको छ । पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

    मुद्दा दायरसँगै मंगलबारलाई थुनछेकका लागि पेसी तोकिएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश हुनेछ ।

    सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । प्रहरी वृत्त गौशालाले सन्दीपविरुद्धको आरोपको अनुसन्धान गरेको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख थियो ।

    उक्त होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएको छ ।

    भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

    सन्दीपले सरकारी वकिललाई दिएको बयानमा आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार