Online Nepal शुक्रबार, बैशाख २१ २०८१

सन्दीपको नाममा २ ठाउँ जग्गा र ६५ हजार नगद

सन्दीपको नाममा २ ठाउँ जग्गा र ६५ हजार नगद


मध्यान्तर
  • सोमबार, कार्तिक १४ २०७९

  • काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको नाममा २ ठाउँमा जग्गा रहेको पाइएको छ । बलात्कार आरोपमा अदालतमा मुद्दा दर्ता भएसँगै ती जग्गा पनि रोक्का गर्न माग गरिएको छ ।

    पीडितलाई ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनु पर्ने भएकाले ती जग्गा रोक्का गर्न अदातलतसमक्ष माग गरिएको छ । उनको एनआईसी एसिया बैंकको खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको खुलेको छ । तर त्यो खाता पनि रोक्का गर्न माग गरिएको छ ।

    उनको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७ वर्गमिटर र कल्याणपुर ७ कै ११७०.३५ वर्गमिटर रहेको कित्ता नं. ६९३० पनि रोक्का राख्न माग गरिएको छ ।

    यो सम्पत्ति पीडितलाई क्षतिपूर्ति दिनका लागि रोक्का गर्नु पर्ने अभियोजन पत्रमा उल्लेख छ । उनीविरुद्ध १२ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै सोमबार अदालतमा मुद्दा दायर भएको हो । मंगलबारदेखि थुनछेक बहस हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार