Online Nepal सोमबार, बैशाख १७ २०८१

ललितपुरको सुनाकोठीमा एक जनाको हत्या

ललितपुरको सुनाकोठीमा एक जनाको हत्या


मध्यान्तर
  • मंगलबार, कार्तिक १५ २०७९

  • ललितपुर । सोमबार साँझ साढे ७ बजेतिर खोटाङको साकेला गाउँपालिका १ घर भई सुनाकोठीमा बस्ने ३८ वर्षीय रामचन्द्र राईको हत्या भएको हो।

    ललितपुर महानगरपालिका २७ स्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिई बस्ने ४१ वर्षीय राजेन्द्र राईले सोही टहराको अर्को कोठामा बस्ने रामचन्द्रको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

    रामचन्द्रले हेपेर बोलेको र श्रीमतीलाई पनि मुख छाडेर बोलेकाले हत्या गरेको राजेन्द्रले प्रहरीलाई बताएका छन्।

    हत्यामा संलग्न राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए। शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। ललितपुरको सुनाकोठीमा एक जनाको हत्या भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार