Online Nepal सोमबार, बैशाख १७ २०८१

मन्दिरमा बलि चढाउन’ भन्दै सल्यानमा ८ वर्षीय बालकको हत्या

मन्दिरमा बलि चढाउन’ भन्दै सल्यानमा ८ वर्षीय बालकको हत्या


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • सल्यान । सल्यानमा ८ वर्षीय बालकको मन्दिरभित्र लिएर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार ९हसिँया० प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    आइतबार दिउँसो पुरीले आफ्नै घर आगनमा रहेको मन्दिरभित्र लिएर भान्जको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बालक भान्जलाई मन्दिरभित्र लिएर टाउको र शरीर अलग अलग बनाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    स्थानीयका अनुसार मामापुरी मानसिक सन्तुलन ठीक नभएको र विगत केही महिनादेखि औषधी सेवन गरी रहेको जनाएका छन् । पुरीको मानसिक अवस्था

    ठीक भए नभएको उनको स्वास्थ्य परीक्षणपछि मात्र थाहा हुने स्थानियले भनाई छ ।
    हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार