Online Nepal सोमबार, बैशाख १७ २०८१

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या


मध्यान्तर
  • मंगलबार, माघ १७ २०७९

  • काठमाडौँ । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका श्रीराम थारुले आमा लगनी थरुनीमाथि बञ्चरो प्रहार गरेका हुन् ।

    गम्भीर घाइते भएकी उनको धनगढीको नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार