Online Nepal सोमबार, बैशाख १७ २०८१

विवाह गरेको तीन महिनामै कुटपिट गरी श्रीमतीको हत्या

विवाह गरेको तीन महिनामै कुटपिट गरी श्रीमतीको हत्या


मध्यान्तर
  • मंगलबार, फाल्गुन २ २०७९

  • काठमाडौँ । दैलेखमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरी हत्या गरेका हुन्।

    श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए।

    स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमतिबीचमा विवाद हुँदै आएको थियो। विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार