Online Nepal सोमबार, बैशाख १७ २०८१

हत्या गरेको आरोपमा धरानमा एकजना पक्राउ

हत्या गरेको आरोपमा धरानमा एकजना पक्राउ


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई छन् । राईले खुकुरी प्रहार गर्दा कुमारको घटनास्थलमै मृत्यु भएको हो ।

    राईले खुकुरी प्रहार गर्दा ३५ वर्षीया गोमा खड्का राई समेत घाइते भएकी छन् । उनलाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार