Online Nepal आइतबार, बैशाख २३ २०८१

टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या ४३ सय भन्दा बढी, उद्धार जारी

टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या ४३ सय भन्दा बढी, उद्धार जारी


मध्यान्तर
  • मंगलबार, माघ २४ २०७९

  • काठमाडौं । टर्की र सिरियामा सोमबार ३ पटक गएको भूकम्पका कारण दुवै देशका धेरै सहर ध्वस्त भएका छन्। २४ घण्टा बितिसक्दा पनि त्यहाँ शव निकाल्ने क्रम जारी रहेको समाचार एजेन्सीहरुले जनाएका छन्।

    ठूला भवनको भग्नावशेषमुनि अझै पनि मानिसहरूको खोजी भइरहेको छ।

    टर्कीमा एक महिलालाई २२ घण्टापछि जिउँदै उद्धार गरिएको बताइएको छ। उद्धार टोलीले ती महिलालाई अचेत अवस्थामा फेला पारेको थियो।

    सिरियाको एलेप्पोमा भवनको छाना काटेर मानिसहरुलाई बाहिर निकालिएको छ। दुवै देशमा यस्ता दृश्यहरू देखिएका छन्। बीबीसीका अनुसार दुवै देशमा गरी हालसम्म ४३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

    हजारौं मानिस अझै पनि भग्नावशेषमुनि दबिएका हुन सक्ने सञ्चारमाध्यमले जनाएका छन्। टर्कीमा २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन्। सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार