Online Nepal आइतबार, बैशाख २३ २०८१

टर्की-सिरिया भूकम्पः मृतकको संख्या पाँच हजार पुग्यो

टर्की-सिरिया भूकम्पः मृतकको संख्या पाँच हजार पुग्यो


मध्यान्तर
  • मंगलबार, माघ २४ २०७९

  • काठमाडौँ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ। भग्नावशेषमा परिणत भएका सयौं भवनमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने आशाका साथ खटिरहेका छन्।

    यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।

    उद्धार तथा राहतका काम प्रभावकारी ढंगले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन्। कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा गर्न हम्मेहम्मे परेको छ। अहिलेसम्म झण्डै दुई सय पराकम्प गएका बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार