Online Nepal बिहिबार, बैशाख २० २०८१

अष्ट्रेलियाको सांसद पदमा नेपालीको उम्मेदवारी

अष्ट्रेलियाको सांसद पदमा नेपालीको उम्मेदवारी


मध्यान्तर
  • बुधबार, माघ २५ २०७९

  • पछिल्लो समय प्रबासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउंने क्रम बढ्दो छ । नेपाली रगत र पहिचान बोकेका नेपालीहरुले बिदेशको मूल राजनितीमा प्रभाव जमाउंने मात्र नभई सांसद जस्तो पदमा उम्मेदवार दिनु नै उल्लेख्य कुरा हो । त्यसमाथि अष्ट्रेलिया जस्तो देशको सत्ताधारी लेबर पार्टीले नेपाली यूबालाई बिश्व्वास गरेर सांसद जस्तो गरिमामय पदको उम्मेदवार बनाउंनुले यतिबेला अष्ट्रेलियामा मात्र नभएर बिश्वमांझ नै यो कुराले चर्चा – परिचर्चा हात पारेको छ । यी नेपाली हुन एलेक्स कार्की । कार्की यूबा इन्जिनियर हुन ।अष्ट्रेलियाको सत्तारूढ पार्टीले यी यूबालाई राज्य सांसदको उम्मेदवार बनाएको हो ।

    अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिसर्च (ट्रान्सपोर्ट प्लानिङ)को उच्च शिक्षा पुरा गरिसकेका छन यिनले । अध्ययनमा मात्र होइन कि सामाजिक क्षेत्रमा पनि ऐलेक्सको उठबस राम्रै छ । उनि सिड्नीको बेलाभिष्टामा बस्दै आएका छन ।

    पेशाले इन्जिनियर भएता पनि कार्कीले अस्ट्रेलियन राजनीतिलाई लामो समयदेखी नजिकबाट नियाल्दै आएका छन -‘ यहांको मूल राजनितीबारे जानकार भएका कारण पनि मैले यो साहस गरेको हो र मेरो यो साहसमाथि लेबर पार्टीले साथ दिएको हो -‘ ऐलेक्सले भने ।उनि स्थानीय यातायात, स्कुल र स्वास्थका विषयमा बढि जागरूक छन् भने त्यस अनुरूप बिभिन्न कृयाकलापहरूमा उनले आफूलाई लामो समयदेखी अब्यस्त गराउंदै आइरहेका छन । ऐलेक्स कार्कीलाई लेबल पार्टीले अस्ट्रेलियाको संघीय चुनावमा राज्य सांसद पदका उम्मेदवार बनाउंनुलाई अष्ट्रेलियाको नेपाली समाजले गौरबको रूपमा लिएको छ -‘ सिड्नीको केलिभिल, बेलाभिष्टा, नरवेष्ट, बकमहिल्स, राउजहिलको स्थानीय जनसरोकारका मुद्दामा म आफूलाई पुरा रूपमा भिजाउंने छु भने जागरूक भएर लाग्ने छु -‘ ऐलेक्सले भने । उनिसंग राजनीतिक मुद्दाका निम्ति उपर्युक्त योजना र त्यसको संस्थागत बिकाशका लागि चाहिंने विकास, सडक योजना, शैक्षिक वातावरणलाई सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पिटल र समुदायलाई चाहिंने आवश्यक सेवा र सुविधाका लागि चाहिंने योजनाहरु रहेको देखिन्छ ।

    नेपालबाट बिध्यार्थीको रूपमा अष्ट्रेलिया पुगेको एउटा नेपालीको छोरो अस्ट्रेलियाको प्रबासी जिबनमा संघर्ष गर्दै अष्ट्रेलियाको मूल राजनीतिमा खरो रूपमा उत्रनु भनेको कम चानचुने कुरा होइन । अहिले अष्ट्रेलियाको नेपाली समाज ऐलेक्सको जित र शानदार उपस्थितीका लागि एक मुष्ठ लागि परेको छ ।

    अस्ट्रेलियाको एनएसडब्लु राज्यको निर्वाचन आगामी मार्च २५ तारिखमा हुँदैछ। एलेक्सले यस पटकको निर्वाचनमा आफ्ना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग साथ र सहयोगको अपेक्षा राखेका छन्। नेपाली समुदाय पनि ऐलेक्स कार्कीको यस्तो उपस्थिति र शानलाई सफल बनाउंन लागि परेको देखिन्छ ।

    प्रतिक्रिया
    थप समाचार