Online Nepal बुधबार, बैशाख २६ २०८१

क्यान इन्फोटेकमा प्रविधिप्रेमीहरुको घुँइचो

क्यान इन्फोटेकमा प्रविधिप्रेमीहरुको घुँइचो


मध्यान्तर
  • शनिबार, माघ २८ २०७९

  • काठमाडौं ।  माघ २४ देखि भृकुटीमण्डपमा जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ। प्रर्दशनीको चौंथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरु इन्फोटेक अवलोकन गरेका छन् ।

    आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।

    त्यस्तै नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि शुक्रबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थीले तयार पारेका एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी झुम्मिएका छन् ।

    त्यस्तै विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलमा बढी चासो देखिएको छ ।

    अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर दिइरहेका छन् । साथै प्रर्दशनीबाटै कम्पनीले आफ्ना डिलर र बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले बताउनुभयो ।

    यसैबीच इन्फोटेक प्रर्दशनीमा विशिष्ट व्यक्तिहरु समेत पुग्ने क्रम जारी छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका नेता तारा लामा लगायतका विशिष्ट अतिथिले प्रर्दशनी अवलोकन गर्नुभएको थियो । त्यस्तै टिकटक स्टार बिना राउत, सरोज राना प्रजा, निमेश जङ्ग थापा लगायतले पनि शुक्रबार प्रर्दशनी अवलोकन गर्नुभएको छ । त्यस्तै ऋम्एल् का मकवानपुर र धादिङका विद्यार्थीहरु क्यान इन्फोटेक एजुकेसन टुरका रूपमा अवलोकनमा आएका थिए । त्यस्तै के एफ एच आई ९कोरियन फुट फर द हङ्ग्री इन्टरनेसनल०का नेपालको निर्देशक जय म्युन पार्क पनि क्यान इन्पोटेक भ्रमणमा आउनु भएको थियो ।

    शनिबार ११ बजे राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत सहित विशिष्ट अतिथिहरु आउने कार्यक्रम रहेको छ ।
    १५० भन्दा बढी स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार