Online Nepal बुधबार, बैशाख २६ २०८१

बारम्बार फोन नलाग्ने र जथाभावी ब्यालेन्स काटिने समस्या देखिएपछि टेलिकममाथि छानबिन

बारम्बार फोन नलाग्ने र जथाभावी ब्यालेन्स काटिने समस्या देखिएपछि टेलिकममाथि छानबिन


मध्यान्तर
  • शुक्रबार, फाल्गुन ५ २०७९

  • काठमाडौं । बारम्बार टेलिकमको नेटवर्कमा समस्या आएपछी छानबिन समित गठन भएको छ ।

    नेटवर्कमा केही समयदेखि समस्या आएसँगै प्रयोगकर्ताले फोन नलाग्ने, फोन लागेको पनि स्पस्ट नसुनिने, म्यासेज सेन्ड नहुने लगायतका समस्या प्रयोगकर्ताले भोगिरहेका छन् । डेटा नचल्ने, एसएमएस नजाने समस्या दोहोरिएको थियो । त्यस बाहेक बिहीबार ग्राहकको ब्यालेन्स नै गायब भएको गुनासो समेत आइरहेको प्राधिकरणले जनाएको छ ।

    सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नेटवर्कमा बारम्बार समस्या आएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन थाल्ने भएको छ । नियामकले बुधबार एक कार्यदल गठन गर्दै टेलिकममाथि अनुसन्धान गर्न लागेको हो ।

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको बताए । “हामीले यथाशक्य छिटो छानबिन प्रतिवेदन बुझाउने गरी टोली गठन गरेका छौँ,” उनले भने ।

    छानबिनबाट मानवीय त्रुटि, प्राविधिक कमजोरी, लापरबाही वा नियतवश कुन कारणले उक्त समस्या आएको हो भन्ने कुरा बाहिर आउने अपेक्षा गरिएको छ । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै टोली प्रमुख र त्यसमा रहेका सदस्यहरूको नाम भने गोप्य राखिएको छ ।

    छानबिन पश्चात प्राप्त हुने प्रतिवेदनका आधारमा समस्या समाधान गर्न निर्देशन दिनेदेखि आवश्यक परे कानूनी कारबाही अगाडि बढाउनेसम्मको प्रक्रिया अगाडि बढाउने नियामकको आशय छ ।

    टेलिकमका एक प्रवक्ताले पछिल्लो समय देखिएका प्राविधिक समस्याको समाधान गर्ने काम भइरहेको बताएका छन् ।

     

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार