Online Nepal शनिबार, बैशाख १५ २०८१

अभिनेता सारुक ताम्राकार मृत भेटिए

अभिनेता सारुक ताम्राकार मृत भेटिए


मध्यान्तर
  • शुक्रबार, असार २२ २०८०

  • काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । उनी बिहीवार राति आफ्नै रातोपुलस्थित घरमा  ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

    सारुक  अभिनेता सानु ताम्राकारका छोरा हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार