Online Nepal सोमबार, बैशाख १७ २०८१

बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका व्यक्तिलाई एफबीआईले गोली हानेर मार्‍यो

बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका व्यक्तिलाई एफबीआईले गोली हानेर मार्‍यो


मध्यान्तर
  • बिहिबार, साउन २५ २०८०

  • Democratic presidential nominee Joe Biden delivers remarks at the Chase Center in Wilmington, Delaware, on November 6, 2020. - Three days after the US election in which there was a record turnout of 160 million voters, a winner had yet to be declared. (Photo by ANGELA WEISS / AFP) (Photo by ANGELA WEISS/AFP via Getty Images)

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईले गोली हानेर मारेको छ ।

    बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

    एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो ।

    एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।

    ती व्यक्तिले सामाजिक संजाल फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेको आरोप छ ।

    प्रतिक्रिया
    थप समाचार