Online Nepal सोमबार, बैशाख २४ २०८१

इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या

इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या


मध्यान्तर
  • बिहिबार, साउन २५ २०८०

  • काठमाडौँ । इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ।

    इक्वेडरका सांसद समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सिओको उत्तरी सहर क्विटोमा गोली हानेर हत्या भएको हो ।

    बुधबार आफ्नो कारमा चढ्दै गर्दा एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनी निर्वाचन अभियानको कार्यक्रममा थिए । प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन गोली लागेको छ ।

    यसैबीच राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई कुनै हालतमा पनि नछाडिने प्रतिबद्धता जनाएका छन्।

    इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमार्फत संदिग्ध पनि सुरक्षाकर्मीहरूको जवाफी फायरिङमा मारिएको दाबी गरेका छन्।

    इक्वेडरमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन यही अगस्ट २० मा सुरु हुँदै छ।

    राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताए । उनले मुलुकमा संगठित अपराध धेरै बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार आफैँमाथि पर्नसक्ने बताए।

    प्रतिक्रिया
    थप समाचार