Online Nepal बुधबार, बैशाख २६ २०८१

नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ

नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ


मध्यान्तर
  • बिहिबार, साउन २५ २०८०

  • काठमाडौँ । दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक छन् ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार साँझ ९ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो । उनीहरुले विगतदेखि नै विभिन्न ठाउँमा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिउको प्रहीले बताए । पक्राउ परेका बिक र परियाले यसअघि ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन के.सी.संग १० लाख चन्दा मागेका थिए ।

    परियार र बिकको साथबाट प्रहरीले कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार