Online Nepal बुधबार, बैशाख २६ २०८१

सिसिटिभी फुटेजमा देखियो कैदीलाई कुटेको दृश्य, असईसहित १० जना नियन्त्रणमा

सिसिटिभी फुटेजमा देखियो कैदीलाई कुटेको दृश्य, असईसहित १० जना नियन्त्रणमा


मध्यान्तर
  • शुक्रबार, साउन २६ २०८०

  • काठमाडौँ । संखुवासभा कारागारमा दुई कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक ९असई०सहित १० प्रहरी पक्राउ परेका छन् । जिल्ला कारागारमा रहेको सिसिटिभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

    कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवलदार राजकुमार श्रेष्ठ, सहायक हवलदार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्रै कुटपिटबाट मृत्यु भएको थियो ।

    सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति खाँदबारी ९संखुवासभा० पुगेको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवलदार तीर्थ भट्टराई सदस्य छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार