Online Nepal आइतबार, बैशाख २३ २०८१

अनमोल केसी नर्भिक अस्पतालमा भर्ना

अनमोल केसी नर्भिक अस्पतालमा भर्ना


मध्यान्तर
  • शनिबार, असोज १३ २०८०

  • काठमाडौं । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

    आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि शुक्रबार दिउँसो भत्तपुरको साँगाबाट पक्राउ परेका केसी पक्राउ परेका थिए ।

    छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको छ  । रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो । प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार