Online Nepal बिहिबार, बैशाख २० २०८१

टिस्टा नदीको बाढीमा कम्तीमा २३ भारतीय सैनिक बेपत्ता

टिस्टा नदीको बाढीमा कम्तीमा २३ भारतीय सैनिक बेपत्ता


मध्यान्तर
  • बुधबार, असोज १७ २०८०

  • फाइल तस्बिर

    काठमाडौ । भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा कम्तीमा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् ।

    नदीमा पानीको सतह १५ देखि २० फिटसम्म बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षा मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लाचेन उपत्यकामा भएको उक्त घटनामा सेनाका सवारी साधनहरू पनि बगेको र खोजी भइरहेको उल्लेख गरेको छ ।

    हिमताल फुटेर अचानक बाढी आएको प्रारम्भिक अनुमान छ।

    प्रतिक्रिया
    थप समाचार