Online Nepal आइतबार, बैशाख १६ २०८१

चीनमा शत्तिशाली भुकम्प

चीनमा शत्तिशाली भुकम्प


मध्यान्तर
  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौँ । चीनमा शत्तिशाली भुकम्प गएको छ । सोमबार राति ११:३९ मिनेटमा चीन र किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो।

    समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।

    भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले
    विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार