Online Nepal शनिबार, बैशाख १५ २०८१

सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयरको बाँडफाँट सम्पन्न

सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयरको बाँडफाँट सम्पन्न


मध्यान्तर
  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेड(SHEL)ले निष्काशन गरेको हकप्रद शेयर फागुन ३० मा बाँडफाँट गरिएकाे छ ।

    कम्पनीले पुस २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको १ कराेड ४५ लाखकित्ता हकप्रद शेयरको निष्काशन गरेको थियाे ।

    सो मध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना शेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँट समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँटलाई स्वकृती प्रदान गरिएकाे हाे।

    प्रतिक्रिया
    थप समाचार