Online Nepal शनिबार, बैशाख १५ २०८१

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आज नेप्से १०.१४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६८ वटाको बढेको छ भने ६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा दोल्ती पावर कम्पनी लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.३५ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार