Online Nepal शनिबार, बैशाख १५ २०८१

बर्षाको कारण आयरल्यान्ड र नेपालको ‘ए’ को पहिलो खेल रद्द

बर्षाको कारण आयरल्यान्ड र नेपालको ‘ए’ को पहिलो खेल रद्द


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ‘ए’ टोली र नेपाल ‘ए’ टोलीबिचको पहिलो टी-२० अभ्यास खेल वर्षाका कारण मैदान खेल्न लायक नभएपछि रद्द गरिएको छ।

    बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

    यसअघि नेपालको सिनियर राष्ट्रिय टोलीसँग २ खेलको टी-२० खेल खेलेको आयरल्यान्ड दुवै खेलमा फराकिलो अन्तरले पराजित भएको थियो।

    नेपाल ‘ए’ र आयरल्यान्ड को ‘ए’ बीच ३र३ खेलको टी-२० र एक दिवसीय सिरिज हुने कार्यतालिका रहेको छ।

    यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्नेछ ।

    प्रतिक्रिया
    थप समाचार