Online Nepal शनिबार, बैशाख १५ २०८१

नेपाल ‘ए’ ले पायो २२३ रनको विशाल लक्ष्य

नेपाल ‘ए’ ले पायो २२३ रनको विशाल लक्ष्य


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।

    टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।

    आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन जोडे । रस अडेरले २, केड कारमाइकल र निल रकले समान ३८, स्टेफन डोहेनीले ३४ रनको योगदान दिए । ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रनमा अविजित रहे ।

    बलिङमा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । चोटका कारण एक वर्षपछि कमब्याक गरेका कमलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । सागर ढकाल र आरिफ शेखले एक(एक विकेट लिए ।

    प्रतिक्रिया
    थप समाचार