Online Nepal शनिबार, बैशाख १५ २०८१

आयरल्यान्ड ‘ए’ नेपाल २१ रनले पराजित

आयरल्यान्ड ‘ए’ नेपाल २१ रनले पराजित


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको छ ।

    २२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।

    लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।

    एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार