Online Nepal शुक्रबार, बैशाख २१ २०८१

गायक मुकेश शाहीले भने ‘म तिमीलाई माया गर्दछु’ (भिडियोसहित)

गायक मुकेश शाहीले भने ‘म तिमीलाई माया गर्दछु’ (भिडियोसहित)


मध्यान्तर
  • शनिबार, असोज १३ २०७५

  • काठमाडौ । गायक मुकेश शाहीको ‘म तिमीलाई माया गर्दछु’ नयाँ नेपाली गीतको श्रव्य दृश्य (भिडियो) सार्वजनिक भएको छ । गीतमा शब्द स्वर्गीय बाबुराम रिमालको रहेको छ भने तथा सङ्गीत गौरव शर्माको रहेको छ ।

    गीतमा अहिलेका चल्तिका अरेन्जर प्रमोद परियारले ड्रम प्रोग्रामिङ गरेका छन भने भिजुअलमा कलाकारहरू प्रगति छेत्री र कृष्ण भण्डारीको अभिनयलाई देख्न सकिन्छ । यो गीत रक एण्ड रोलमा आधारित भएता पनि नेपालकै मौलिक लाखे नाच यो म्युजिक भिडियोमा देख्न सकिन्छ ।

    भिडियोलाई सम्पादन लोकेन्द्र सुब्बाले गरेका छन भने भिडियोको निर्देशन अहिलेका ब्यस्त म्युजिक भिडियो निर्देशक राज कुमार तामाङले र टेकेन्द्र कार्कीले संयुक्त रुपमा गरेका छन ।

    उक्त भिडियोलाई जोअक प्रोडक्सनले उत्पादन गरेको हो ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार